दोलखामा बस दुर्घटना – चालक सहित २२ घाइते

 अनलाइनखबर पाटी     १९ असार २०७९, आईतवार

शोभित उप्रेती – असार-१९, दोलखा | दोलखाको भिमेश्वर नगरपालिका -८ बोचमा  भएको बस दुर्घटनमा परी बसका चालक सहित २२ जना घाईते भएका छन् । काठमान्डौँबाट मैनापोखरी आउँदै गरेको बस र चरिकोटबाट काठमान्डौँ जाँदै गरेको यात्रुवाहक बस एकआपसमा ठोक्किँदा चालक सहित २२ जना सामान्य घाईते भएका हुन् ।

दुर्घटनमा परी सामान्य घाइते भएकाहरु सदरमुकाम चरिकोटमा रहेको पशुपति स्मृति अस्पतालमा उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।

काठमान्डौँबाट मैनापोखरी आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९६९७ नम्बरको यात्रुवाहक बसका चालक शैलुङ गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षिया पदम बहादुर श्रेष्ठ, २ का ५६ वर्षिया इन्द्र बहादुर तामाङ, बैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुका ३३ वर्षिया दिपक तामाङ, बैतेश्वर ७ मार्बुका २६ वर्षिया देवी खड्का, २० वर्षीया शीला श्रेष्ठ, क्षेत्रपा ८ की २६ वर्षिया साबीत्रा बस्नेत र ३० वर्षिया विजय बस्नेत सामान्य घाईते हुनुभएको छ ।

चरिकोटबाट काठमान्डौँ तर्फ जाँदै गरेको बा ३ ख ७४६३ नम्बरको यात्रुवाहक बस सवार भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचका २७ वर्षिया राम बहादुर भुजेल, र ५२ वर्षिया गंगा देवी भुजेल, मेलुङ २ का २५ वर्षिया बाबुराम कार्की, बैतेश्वर ७ का १८ वर्षिया अविषेक नेपाली, रामेछापका ८४ वर्षिया नरबहादुर खड्का, कालिन्चोक गाउँपालिका ३ का ३५ वर्षिया तिर्थ बहादुर थामी, बैतेश्वर गाउँपालिका वडा नम्बर ८ की ४० वर्षिया शोभा भुजेल, २६ वर्षिया बबिता खड्का, ३० वर्षिया शान्ति श्रेष्ठ, बैतेश्वर ७ का २४ वर्षिया जीवन भण्डारी, २१ वर्षिया भुवन खत्री, विगु गाउँपालिका वडा नम्बर २ का ६३ वर्षिया भक्त बहादुर केसी, गौरीशंकर गाउँपालिका ५ का ४३ वर्षिया साङ्गीमा शेर्पा, ४५ वर्षिया डुक्लुमा शेर्पा, भीमेश्वर नगरपालिका वडा नम्बर ६ चोथाङकी २३ वर्षिया युनु तामाङ घाइते हुनुभएको छ ।

घाईतेहरुको निधार, हातखुट्टा, कान, घुँडा, कुहिना, च्यापु, आँखामाथि, गाला लगायतका भागहरुमा चोटपटक लागेको प्रहरीले जनाएको छ ।
आज दिउँसो काठमान्डौँबाट मैनपोखरी तर्फ आउँदै गरेको यात्रुवाहक बस र सदरमुकाम चरिकोटबाट काठमान्डौँ जाँदै गरेको बस भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचघुम्ती स्थित आज दिउँसो १ बजे दुर्घटमा परेको थियो । बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनलाइन खबर पाटीलाइ जनाएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *