नाम अनुसारकाे काम , उज्यालो भविष्यले ३० जना दिदिबहिनीलाई व्यवासायिक तर्फ उत्प्रेरित बनायो

 अनलाइनखबर पाटी     २७ असार २०७९, सोमबार

दाेलखा २७ असार     ।   गैरसरकारी सस्थामा मध्ये खब्बल भनेर दाेलखामा परिचित उज्यालो भविष्यले भिमेश्वर नगरपालिकाकाे अार्थिक सहयोगमा ५ दिने डल कुसन सीपमुलक तालिम सम्पन्न गरेको छ।

भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर मानन्धरको प्रमुख आतिथ्यता,नेपाल पत्रकार महा संघ दोलखा शाखाका अध्यक्ष दीपसङ्कर चौलागाईं को विशेष आतिथ्यतामा सीपमुलक तालिम सम्पन्न भएकाे छ।

महिलाहरूलाई सीप सिकाइ आत्मनिर्भर बनाउने उद्देश्यले भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा उज्यालो भविष्य संस्थाले सो तालिमको आयोजना गरेको हो ।
हिंसा प्रभावित महिला सहित ३० जनाको सहभागिता रहेको तालिममा संगीता सुनेलले प्रशिक्षण दिईएकीछिन।

तालिम समापन कार्यक्रममा मेयर मानन्धरले चुलोचौकोमा मात्र सीमित हुने महिलाहरूलाई सीप सिकाउँदै आयआर्जन र रोजगारीमा जोड्न नगरको प्रयास जारी रहेको बताउनुभयो । आयआर्जनतर्फ महिलाहरू अग्रसर भएमा हिंसा निवारण र न्यूनीकरणमा समेत सहयोग पुग्ने भएकोले महिलाले आयआर्जनका लागि सीप सिकेर उद्यमी बन्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
मानन्धरले तालिम उपलब्धीमूलक बनाउन तालिमबाट प्रशिक्षित प्राप्त सीप र ज्ञानको उपयोग गरी डलको उत्पादन बढाउन सहभागीहरूलाई अनुरोध गर्नुभयो । उत्पादित सामाग्रीको बजारीकरणको जिम्मा स्थानीय सरकारको रहने छ मानन्धरले भन्नू भयाे।
उज्यालो भविष्य संस्थाका अध्यक्ष राजन बस्नेतले महिलाहरूले व्यवसायिक उद्यमी बनाई उनीहरूको आयआर्जन वृद्धिको उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । संस्थाले स्थानीय सरकार र विभिन्न सङ्घसंस्थासँगको साझेदारीमा महिला तथा बालबालिका लक्षित कार्यक्रमलाई व्यापक बनाइने बताउँदै त्यस्ता कार्यक्रमले लक्षित वर्गलाई लाभ मिल्ने र दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग मिल्ने बताउनुभयो
सहभागी भिनपा ८ कि अभिता बस्नेतले भनिन तालिम धेरै कुरा जानियाे तर प्राप्त नभएन ।समयमा छाेटाे भयाे।

भिमेश्नर नगरपालिकाका प्रवक्ता तारानाथ चाैलागाई,नेपाल रेड्क्रस सोसाइटी दोलखा शाखाका सभापति गोकर्ण पोखरेल , आवाज नेपाल दोलखाकि अध्यक्ष सिर्जना कार्की , पत्रकार बाबुराम शर्मा ,प्रसे युनियानकी उपाध्यक्ष निरज्वाला अाचार्य लगायतको आतिथ्यता तथा उज्यालो भबिस्य दोलखाका पदाधिकारी ,कार्यक्रम संयोजक ,सदस्यहरु , पत्रकार, नागरिक समाज र तालिममासहभागी महिलाहरुको उल्लेखनीय उपस्थितमा कार्यक्रम सभ्य र भब्य रूपमा सम्पन्न भएको छ ।
उज्यालो भबिस्य दोलखाका अध्यक्ष राजन बस्नेत संस्थाले सीप सिकाउन तालिम मात्र नभई उत्पादित सामग्रीहरूको बिक्रीमा समेत सहयोग गर्ने जनाएको छ । । तालिम आवाज नेपाल दोलखाको कार्यालय भवनमा सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *