दोलखामा फिल्म सिटीको स्थलगत अवलोकन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी

 अनलाइनखबर पाटी     १५ पुष २०७९, शुक्रबार

पुस १५ चरिकोट | दोलखा जिल्लाको भीमेश्वर नगरपालिका-८ स्थित लाकुरीडाँडामा निर्माण हुने भनिएको फिल्म सिटीको स्थलगत अवलोकन गर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी  दोलखा आएका हुन् |

फिल्म स्टुडियो स्थलको अवलोकन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले  सरकारले दोलखाको भीमेश्वर नगरपालिका-८ स्थित लाकुरीडाँडामा प्रस्ताव गरेको अन्तर्राष्ट्रिय चलचित्र नगरीको निर्माण चाँडै सुरु गरिने  बताउनु भयो ।

उक्त ठाउँको अध्ययन अवलोकनका लागि शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सदस्य राज कटुवालसहितको टोली त्यहाँ पुगेको थियो । टोलीले निर्माण स्थलको अध्ययन तथा अवलोकन  भ्रमण  गरेको  हो ।

सरकारले बजेटमार्फत त्यहाँ अन्तर्राष्ट्रियस्तरको फिल्म सिटि  निर्माण गर्ने योजना बनाएको थियो । जसअनुसार बजेट  विनियोजन भइसकेको छ र  पटक-पटक सरकार फेरिंदा फिल्म स्टुडियोको निर्माण कार्य र योजना अलपत्र पर्ने अध्यक्ष केसीले अनलाइन खबर पाटीलाइ बताए ।

तर आफ्नो कार्यकालमा जसरी पनि स्टुडियो निर्माणको कार्यलाई अघि बढाउने योजनामा आफु प्रतिबद्ध रहेको केसीले  जिकिर गरेका छन  ।

अध्यक्ष हुने बित्तिकै केसी गत साउन २१ गते पोखराको ऐतिहासिक कास्कीकोट पुगेका थिए । त्यहाँ स्टुडियो बनाउन बोर्डले अध्ययन थालेको समेत उनले बताएका थिए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट