दोलखामा ट्रक दुर्घटना हुदा एक जनाको मृत्यु

 अनलाइनखबर पाटी     १९ पुष २०७९, मंगलवार

पुस-१९, चरिकोट । दोलखा जिल्लाको बैतेश्वर गाउँपालिकामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतेश्वोर गाउँपालिका वडा नम्बर-१ जलेश्वरका अन्दाजी २८ वर्षका बिक्रम तामाङ रहेका छन्।

स्थानीयका अनुसार बा ३ ख ८८०७ नम्बरको ट्रक व्याक गर्ने क्रममा तामाङलाई किचेको हो ।

उनी जलेश्वर मन्दिरको सिँडि निर्माण गर्ने काममा खटिएका थिए । मृतक तामाङ सिँडि निर्माण उपभोक्ता समितिका सदस्य हुन्  ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *