दोलखाली छोरो वरिष्ठ लोकगायक कुमार बस्नेत हिमालय लोकस्टार मेगा अडिसनको महाजज

 अनलाइनखबर पाटी     २४ माघ २०७९, मंगलवार

शोभित उप्रेती  – माघ २४ काठमाडौं  । टेलिभिजन रियालिटी शो हिमालय लोकस्टारमा आज (मंगलबार)देखि मेगा अडिसन सुरु हुँदैछ । दर्शकले यो एपिसोडदेखि वरिष्ठ लोकगायक कुमार बस्नेतलाई जजको रुपमा देख्न पाउनेछन् । उनी यो रियालिटी शोमा महाजजको रुपमा प्रस्तुत हुँदैछन् ।

मंगलबार र बुधबार प्रसारण हुने एपिसोडमा मेगा राउण्ड हुँदैछ । यो चरणमा डिजिटल अडिसनबाट छानिएकाबीच प्रतिस्पर्धा हुनेछ । मेगा राउण्डमा अन्तिम २५ जना छनोट हुने भएका छन् । मेगा अडिसनको विशेष आकर्षणमा महाजज बस्नेत हुनेछन् । अघिल्लो चरणमा रामजी खाँण, ज्योति मगर र कुलेन्द्र विश्वकर्मा जजको रुपमा थिए ।

आगामी साता प्रसारण हुने एपिसोड ९ र १० बाट अन्तिम २० जना प्रतिस्पर्धी छानिनेछन् । एपिसोड ११, १२ र १३ बाट उत्कृष्ट १४ जना छानिनेछन् । त्यसपछिको एपिसोडमा दुई जनाले वाइल्ड कार्ड प्रवेश पाउनेछन् र प्रतिस्पर्धी संख्या १६ हुनेछ । त्यसपछि लाइभ राउण्ड हुनेछ, जहाँ दर्शकले मतदान गर्न सक्नेछन् ।

हिमालय लोकस्टारलाई फिल्म निर्देशक समेत रहेका सिमोस सुनुवारले निर्देशन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *