काेभिडबाट आक्रन्त दाेलखालीकाे जीवन रक्षामा अहाेरात्र खट्ने दानविर बिदुर शर्माकाे नेकपा एमाले दाेलखाकाे उपसचिव पदमा उमेदवारी घाेषणा,

 अनलाइनखबर पाटी     २० माघ २०८०, शनिबार

लकडाउन सम्झदा दोलखा एमालेले बिर्सिदैन विदुर शर्मा

लकडाउन सम्झदा दोलखा एमालेले बिर्सिदैन विदुर शर्मा

दाेलखा २० माघ। चिनबाट शुरु भएको कोभीड १९ ले विश्वभरि महामारीको रुप लिईरहदा नेपालमा समेत संक्रमित फेला परेपछि २०७७ चैतबाट सरकारले देशैभरी लकडाउन लगायो ।


संक्रमण फैलने डरले सरकारले लगाएको लकडाउन लम्बीदै जान थाल्यो । राजधानी काठमाण्डौ सहित ठुला शहरहरुमा हात मुख जोर्न र श्रम गर्न बसेकाहरु बिस्तारै बिचल्लीमा पर्न थाले । लकडाउनका बखत बाहिर निस्कने नपाईने र कोठा भित्रै बस्नुपर्ने कारण काठमाण्डौमा मानिसहरु गुम्सीन थाले । बिस्तारै जर्बजस्ती थातथलो फर्कनेहरुको लर्को लाग्न थाल्यो । उपत्यका बाहिरका सबै जिल्लाका मानिसहरु काठमाण्डौ बस्थे । ति मध्ये हजारौं दोलखाबासी पनि अलपत्र परेका थिए ।

दोलखा घ्याङसुकाठोकरका विदुर शर्मा भक्तपुर बालकोट बस्थे । वृद्ध आमा र स–साना छोरीहरु सहित रहेका उनी परिवारका सदस्यहरुलाई आईपर्न सक्ने स्वास्थ्य जोखिमका कारण बाहिर निस्कदैनथे ।

लकडाउनकै एक साँझ उनलाई कालिञ्चोक गाउँपालिकाका एमाले नेताले फोन गरे । ‘न्युरोडमा ज्याला मजदुरी गरेर जिवनयापन गरिरहेका हाम्रो पालिकाको वडा नं २ को तिन ओटा परिवार बिचल्लीमा प¥यो, डेरामा अन्न सकियो उनीहरुको बिजोगमा केही गर्न सकिन्छ भने गर्नुप¥यो’ – ति एमाले नेताको फोनपछि शर्माले नजिकको खाद्यन्न डिलर मार्फत केही सामान बिचल्लीमा परेको परिवारलाई पठाईदिए । यस्तै जोरपाटीमा डेरा गरेर बस्ने मेलुङ गाउँपालिकाका २० परिवारलाई पनि त्यही दिन खाद्यन्न पठाए । शर्मा त्यसपछि राजधानी काठमाण्डौमा रहेका दोलखा एमालेका नेताहरु मार्फत समस्यामा परेका जिल्लाबासीहरुको सम्पर्कमा पुगे । राजधानी काठमाण्डौमा त्यसपछिका एक सातामा मात्रै शर्माले ११ सय दोलखालीलाई राहत वितरण गरे । राहत वितरण गर्न जादा शर्माको कार्यक्रममा दोलखा एमालेका प्रभावशाली नेता आनन्द पोखरेल र स्वर्गीय पशुपति चौलागाई प्रमुख अतिथि हुन्थे । शर्माले आफैले निजी खर्चमा जुटाएको राहत स्वर्गीय चौलागाई र पोखरेलको हतबाट सानेपा, बल्खु, स्वयंम्भु, बौद्ध, बागबजार, काडाघारी, पेप्सीकोला लगायतका स्थानमा वितरण गरिएको थियो ।

लकडाउन थपिएको थपियै थियो । रेडियो टिभी र अनलाईनमा खबर आईरहेका थिए – ‘शहरमा गुम्सीएका मानिसहरु रातारात हिडेरै थातथलो फर्किरहेका छन्’ । एक रात शर्माको मनमा चिसो पस्यो – ‘ओहो यस्तो लकडाउन छ, मानिसहरु बाहिर निस्कन पाएका छैनन, यो शहरमा डेरा भाडामा लिएर बस्ने दोलखाबासीहरुको असाध्यै विजोग भयो होला’ । शर्माले राजधानीमा फसेका दोलखाबासी नागरिकहरुलाई थातथलो फर्काउन बिशेष सहयोग गर्ने योजना बुने ।

भोलीपल्ट आफ्नै गाउँपालिकाका नेताहरु संग सल्लाह गरे । पहिलो चरणमा मेलुङका सबै वडामा २१ ओटा बस पठाउने निधो भयो । निर्माण व्यवसाय पृष्ठभुमीका शर्माले आफ्नै निजी खर्चमा ति बसबाट राजधानी बसेकाहरुलाई थातथलो फर्काईदिए । यो अभियान त्यसै रोकिएन । स्वर्गीय नेता पशुपति चौलागाई, आनन्द पोखरेल पार्टीका जिल्लास्तरका प्रभावशाली नेताहरु सहित एमाले जिल्ला पार्टी नेतृत्व संगको परामर्श पछि शर्माले भीमेश्वर, शैलुङ, कालिञ्चोक, विगु, गौरीशंकर, जिरी, वैतेश्वर र तामाकोशी गाउँपालिकाका लागी काठमाण्डौको जडिबुटीबाट एक सातामा थप ५३ ओटा बस आफ्नै खर्चमा दोलखाका लागी छुटाए । त्यो अवधीमा उनको सहयोगबाट ४ हजार नागरिक दोलखा फर्किएका थिए ।

यस्तै शर्माले नेकपा एमालेका ९ ओटै स्थानीय पार्टी कमिटिहरुका लागी माहमारीमा राहत उद्धारमा कार्यकर्ता खटाउन र सहयोग गर्नु भन्दै आफ्नै खर्चमा ५० हजारका दरले नौ वटै कमिटिमा राहत रकम पठाए ।

यो अभियानमा उनले कति खर्च गरे भन्ने कुरा त उनले खुलाएका छैनन् । तर उनी निकटहरुका अनुसार शर्माले लकडाउनमा फसेका दोलखाबासीलाई थातथलो फर्काउदा बस रिजर्ब गर्न र राहत सहयोग गर्न मात्रै करिब ७० लाख रुपैंया खर्च गरेका थिए ।

लकडाउनमा शहर बजारमा अलपत्र परेका दोलखाबासीलाइ गाउँ फर्काउन बिशेष सहयोग गरेको भन्दै शर्मा दोलखा उद्योग बाणिज्य संघको आयोजनामा पुस तेस्रो साताबाट शुरुभएको बृहत दोलखा महोत्सव २०८० को अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट सम्मानित समेत भएका छन ।

मेलुङ गाउँपालिका ३ घ्याङसुकाठोकरमा ४५ बर्ष अघि स्वर्गीय हरिशंकर उपाध्याय र लक्ष्मीकुमारी शर्माको कोखबाट जन्मिएका शर्मा नेकपा एमाले दोलखाका नेता हुन् । यो संगै उनी समाजसेवामा समेत सक्रिय छन् । पिताको नामबाट मेलुङ गाउँपालिका सहित जिल्लाका बिभिन्न गाउँ बस्ती र बिद्यालयहरुमा सामाजिक अभियान चलाउदै आएका छन् । उनका पिता तत्कालीत घ्याङसुकाठोकर गाविसका प्रधानपञ्च थिए ।

राजनितिक पारिवारिक पृष्ठभुमीका शर्मामा सानै देखि राजनितिक चेतना थियो । बिद्यालय पढ्दा शर्माले अखिलको सदस्यता लिएका थिए । अखिलमा सक्रिय उनले २०५२ मा पार्टी सदस्यता पाए । एमालेका स्वर्गीय नेता पशुपति चौलागाई र दोलखा एमालेका पूर्व पार्टी प्रमुख (सचिव) शिव प्रसाद भण्डारीले शर्मालाई एमालेको संगठित सदस्य बनाएका थिए ।

राजनिति संगै उनी व्यवसायीक जिवनमा प्रवेश गरे । रामेछाप निवासी दुर्गा घिमिरे संग वैवाहिक बन्धनमा बाधिए । छोरी जेसिकाको नामबाट आफ्नै जेसिका बिल्डर्स प्रालि सुरु गरे । उनको व्यवसायीक यात्रा सफल हुदै गयो । संगै सामाजिक अभियानमा पनि निरन्तर सक्रिय थिए ।

राजधानी काठमाण्डौमा बस्ने उनी समस्यामा परेका दोलखाबासीलाई सहयोग गर्न पाउँदा निकै हौसिन्थे । भक्तपुर गठाघारमा शर्मा सहितको आफ्नै लगानी रहेको भक्तपुर ईन्टरनेशनल अस्पताल छ । उनी स्वास्थ्य समस्यामा परेका जिल्लाबासीलाई आफ्नै अस्पतालमा निशुल्क उपचार समेत गराउने गर्छन । बिरामी परेर अस्पताल भर्ना भई खर्च अभावमा परेका देखि समस्या अफ्ठेरो र विपत्तीमा परेका दोलखा एमालेका कार्यकर्ता र जिल्लाका नागरिकलाई सहयोग गर्न पाउँदा प्रफुल्ल हुन्छन शर्मा । उनको यो सहयोग र सामाजिक अभियानकै कारण शर्मालाई बिभिन्न संघ संस्थाले सम्मान गरेका छन् ।

नेकपा एमाले दोलखाको सातौ र आठौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटि सदस्य बनेका शर्मा दोलखा एमाले भित्र सबै संग घुलमिल हुन सक्ने र पार्टी पंक्तीमा धेरैको मन जितेका नेता मध्येमा पर्छन् । शर्माको जिल्लाका प्रभावशाली नेताहरु पार्वत गुरुङ, आनन्द पोखरेल लगायत संग असाध्यै नजिक र समुधुर सम्बन्ध छ ।

संघीय ब्यबस्थामा देश गएपछि २०७४ को पहिलो स्थानीय तह निर्वाचन मार्फत नेकपा एमालेको तर्फबाट जिल्ला समन्वय समिति दोलखाको सदस्य पदमा निर्वाचित भएका शर्मा ५ बर्ष सम्म जिल्लाको विकास र स्थानीय तहहरु बिच समन्वय गराउने भुमिकामा निरन्तर क्रियाशिल रहे । यस्तै नेकपा एमालेको जनवर्गिय संगठन खेलकुद महासंघको केन्द्रिय कोषाध्यक्ष बनेका शर्मा महासंघ भित्र पकड जमाउने नेता मध्येमा पर्छन् ।

नेकपा एमाले दोलखाको दशौं जिल्ला अधिवेशनले सदरमुकाम चरिकोट रनक्कै तात्दै गर्दा र नेतृत्वमा पुग्नेहरु बिचको होडबाजी र बहस चल्दै गर्दा दोलखा एमालेका प्रभावशाली मध्येका यि नेता विदुर शर्माले आसन्न जिल्ला अधिवेशनमा उपसिचव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।उनी दाेलखा एमालेका युवाका ढुकढुकी भएकै कारण निर्वाचन जित्ने प्रवल सम्भावना रहेकाे एमाले वृतमा चर्चा चलिरहेको छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट