मधेस प्रदेशमा नयाँ सोच नयाँ उम्मीद सहित युवा समाजसेवी ई. तेज नारायणको उम्मेदवारी

 अनलाइनखबर पाटी     १० भाद्र २०८१, सोमबार

शोभित उप्रेती – भाद्र १० बर्दिबास । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४औँ  कार्यकारिणी समितिका लागि निर्वाचन तालिका सार्वाजनिक भए संगै  इन्जिनियर्सहरुले आफुलाई नेतृत्व दायी भूमिकामा उभ्याउन खोजिरहेका छन् |

यसै बिचमा मधेश प्रधेसका एक जुझारू युवा नेता  इन्जिनियर तेज नारायण यादवले इन्जिनियर्सहरुको हक हितका लागि आफुले नेपाल इन्जिनियर्स एसोसिएसन मधेश प्रदेश तेस्रो कार्यकारिणी समितिको चुनावमा ई.  गौरी पण्डित नेतृत्वको प्यानलबाट  नेशनल ईन्जिनियर्स एशोसिएसन नेपाल (NEAN) को तर्फबाट मधेस प्रदेश केन्द्रिय कार्यकारिणी समिति सदस्य पदको उमेद्वारी दिएका हुन् |

देशको विकास निर्माणको  काम जिम्मेवार भएर अघि बढाउन इञ्जिनियरहरूले महत्वपूर्ण भूमिका  खेलेका छन् |  मुलुकमा विकास निर्माणको कामले प्राथमिकता पाएकाले र त्यसको प्रभावकारिताका लागि इञ्जिनियरको भूमिका महत्वपूर्ण  रहदै आएता पनि सरकारले कुनै पनि समयमा  उचित मूल्यांकन भने गर्न सकेको छैन ।

नेता यादवले राजनीति भन्दा माथि उठेर देश बिकासका लागि अहोरात्र खट्ने प्राबिधिक साथीहरुको हक हितका लागि सदैव आफु लडिरहेको र सरकारको स्थिरतासँगै अब मुलुकको विकास, निर्माणको काममा तीव्रता दिन इञ्जिनियरहरुलाई आवश्यक सहयोगका गर्ने बताउनुभयो ।

हाम्रै इञ्जिनियर साथीहरुको सहयोगमा देशका ठूला आयोजनाको कामले गति लिन  थालेको छ, यसका साथै सरकारले अधुरा आयोजनाको कामलाई सम्पन्न गर्ने  गरी अघि बढाएको अबस्थामा सहयोग गर्ने  छौ । सरकार स्वदेशमै रोजगारी सृजना हुने खालको आयोजनाको कामलाई समयमै सम्पन्न गर्न कटिबद्ध भएर लाग्ने हो भने  यसमा इञ्जिनियरहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

विदेश पलायन हुन लागेका इञ्जिनियरलाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । सरकारी क्षेत्रमा प्राविधिक सचिवको कोटा काटिँदा इञ्जिनियरहरू मारमा परेको नेता तेज नारायणको भनाइ छ ।

ईन्जिनियरिङ पेसालाई राजनैतिक हस्तक्षेप हुन नदिन मेरो मेरो उम्मेदवारी सवल छ |

नेता यादवका आगामी योजना र  प्रतिबद्धता

* ईन्जिनियरिङ संस्थालाई राजनीतिक हस्तक्षेपबाट निरुत्साहित गर्न ।
*  ईन्जिनियरिङ ऐन संसोधन गरि इन्जिनियरहरुको हक हित संरक्षित हुने ऐन ल्याउन ।
*  सरकारी गौर-सरकारी ईन्जिनियर साथिहरुमा एसोसिएसन मेरो साथि हो भन्ने प्रत्याभूति गराउन ।
*  NEA भवन निर्माणलाई निरंतरता दिन ।
*  केन्द्र र प्रदेश NEA बिच सुमधुर सम्बन्ध कायम गर्न ।
*  प्रदेशको मुद्दाहरू केन्द्रमा जोडदार , दरो रुपले प्रस्तुत गर्न ।
*  ईन्जिनियरहरुको कार्यकारी  प्रमुख ईन्जिनियर नै हुनुपर्ने व्यवस्थापन  मिलाउन ।
*  प्रादेशिक ईन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्न ।
*  ईन्जिनियरको गुनासो सुन्ने toll free no को व्यवस्था गर्न ।
*  निजि तथा गौरसरकारि संस्था, कम्पनीहरुमा नेपालि ईन्जिनियरहरुको निम्ति रोजगार सृजना गर्न ।
* चौथो तहलाई पाँचौ तहमा कायम गर्न ।
 * ईन्जिनियरिङ आन्दोलनमा आफुमाथि प्रहरी दमन र हिरासतमा रहदा समेत ईन्जिनियरहरुको अवाज सडक देखि सदनसम्म पुर्याउन सफल भएको ।
* छैठौं तहलाई सातौ कायम गर्न सफल भएको ।
* कोषाध्यक्षको भुमिका निर्वाह गर्दै गर्दा ,प्रादेशिक ईन्जिनियर भवनको लागि जग्गा किन्न ईन्जिनियर साथीहरूको सहयोगबाट सफल भएको ।
* NEA भवन सम्मको लागि बाटो बजेट बिनियोजन गराउन सफल ।
* NEC को चर्को शुल्कको बिरुद्ध NEC office पुगेर केहि हदसम्म न्यून गराउन सफल
* हिरासत परेका ईन्जिनियर साथीलाई बिज्ञप्ति मार्फत मुक्त गर्न सफल भएको।
* प्रदेश लोकसेवालाई बिज्ञप्ति बुझाउदा नसुनेपछि आन्दोलन गरि तालाबन्दी गरि चेताबनि दिएको ।
* स्थानीयतहका ईन्जिनियर साथीहरूको समस्या समाधान गर्न स्थानीय क्षेत्रमै पुगि , समस्या समाधान गर्न पहलकदमि लिएको।
* ईन्जिनियर लाइ कालोमोसो दलि, नाङ्गो बनाइ जनकपुर घुमाउदा सो कार्यको बिरोधमा काठमाडौको माइतीघरमा आन्दोलनको नेतृत्व गरेको ।
* बाहिर देशबाट पढेर आएका ईन्जिनियर साथीहरूलाई equivalent गराउदा आएको समस्या TU office पुगेर समाधान गराउन सफल
* मानवसमाजको निमित्त विभिन्न सहयोग प्रदान गरि ईन्जिनियर र समाजबिच सौहार्दपुर्ण मित्रता स्थापित गरेको।
* बृक्षारोपण गरि बाताबरण सन्तुलनमा बनाउन अग्रसर भएको ।
* रक्तदान गराउन सफल भएको ।
* ईन्जिनियर/आर्किटेक्ट साथीहरू विभिन्न किसिमको तालिमहरु संचालन गरेको ।
* सरकारले गौरवको योजना भनेर लगानी थालेका योजना हरु प्राबिधिक , अर्थ सामाजिक हिसाबले त्यसको औचित्य बारे बहस पैरवी गर्ने।जस्तो पोखरा अन्तरास्ट्रिय ,बिमान स्थल लगायतका प्रोजेक्ट
* ईन्जिनियर साथीहरूलाई सम्मानित , प्रोत्साहित गरेको।
तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट