‘सहकारी ठगेको प्रमाण प्रशस्त छन्’ – रविलाई गगनको काउन्टर

 अनलाइनखबर पाटी     १५ भाद्र २०८१, शनिबार

भाद्र – १५,  काठमाडौं । संसदीय छानविन विशेष समितिमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत शुक्रबार बयान दिए । सहकारीको करोडाँै रकम हिनामिना गरेको आरोप खेपिरहेका रविले उक्त बयानमा आफू निर्दोश रहेको दावी गरेका छन् । तर सहकारी ठगी प्रकरणमा रवि दोषी छन् वा छैनन् यसको निश्कर्ष संसदीय विशेष समितिले नै दिनेछ ।

रविले वयानमा पूर्वव्यावसायिक पार्टनर जीबी राईलाई नै दोष देखाएर सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नता नरहेको दावी गरेको बताइएको छ । रविको वयानपछि सहकारी ठगीमा उनको संलग्नता नरहेको हुनसक्ने अनुमान पनि भइरहेका छन् । तर यसअघि नेपाली काँग्रेसले रविविरुद्ध प्रशस्त प्रमाण रहेको दावी गरेको थियो । त्यसकारण पनि सहकारी ठगी प्रकरणमा रवि र काँग्रेसबीच किचलो छ । नेपाली काँग्रेसले रवि गृहमन्त्री रहेकै बेला उनी सहकारी ठगीमा संलग्न रहेको ठोकुवा गर्दै उनको राजीनामा माग गरेको थियो ।

त्यसपछि काँग्रेसकै दवावमा संसदीय छानविन समिति गठन र रविमाथि पनि अनुसन्धान भइरहेको हो । संसदीय छानविन विशेष समितिमा वयान दिएपछि रवि हौसिएका छन् । सहकारी ठगी प्रकरणमा जिबीलाई मुख्य दोषी औँल्याएका रविले काँग्रेससँग प्रमाण मागिरहेका छन् ।

दावी र आरोप अनुसारको आधार नभेटिएको चर्चाकाबीच सत्तारुढ दल नेपाली काँग्रेस यस प्रकरणमा अफ्ठ्यारोपमा परिसकेको छ । यद्यपि काँग्रेसले भने रवि लामिछानेको संलग्नता भएकै कारण संसदीय समितिमा बयान दिनुपरेको तर्क गर्न थालेको छ । यस विषयमा बिहीबार मात्रै काँग्रेस महामन्त्री गगन थापाले संसदमै उभिएर रविविरुद्ध प्रशस्त प्रमाण रहेको दोहोर्याए ।

रास्वपा सभापति समेत रहेका रवि लामिछानेमाथि विभिन्न सहकारीबाट बचतकर्ताहरुको झण्डै दुई करोड रकम अपचलन गरेको आरोप छ । गोर्खा मिडिया नेटवर्क अन्तर्गतको ग्यालेक्सी टिभीमा प्रवन्धक रहँदा नै उनको खातामा करिब दुई करोड रकम आएको बताइन्छ ।

यस विषयमा यसअघि प्रहरीले गरेको अनुसन्धानमा उक्त प्रमाण र्कीर्ते भएका कारण रविविरुद्ध मुद्धा चलाउनुपर्ने आवश्यकता नरहेको औल्याएको थियो । तर काँग्रेसको दवाव र असन्तुष्टिका कारण नै रविमाथि अनुसन्धान भइरहेको हो । यस प्रकरणमा काँग्रेस महामन्त्री गगन थापा र  रास्वपा सभापति रवि लामिछानेबीचको दोहोरी पनि रोकिएको छैन ।

रवि र जिबीमाथि गहिरो अनुसन्धान गर्न माग 

संसदीय छानविन विषेश समितिले रविमाथि सोधपुछ र वयान लिइरहेकै अवस्थामा विभिन्न सहकारीका बचतकर्ताहरुले गहिरो छानविनको माग गरेका छन् ।
काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम, वीरगन्जको सानोपाइला र नेपालगञ्जको समानता सहकारीका पीडितले बुधबार प्रधानमन्त्री र गृहमन्त्रीलाई नै भेटेर रवि र जिबीमाथि गहिरो अनुसन्धान गर्न संयुक्त ज्ञापनपत्र नै बुझाएका छन् ।

सहकारीको रकम जिबी राई र रवि लामिछानेले नै गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर हिनामिना गरेको बचतकर्ताहरुको दावी छ । सहकारी ठगी प्रकरणको सम्बन्धमा उच्च पदस्थ व्यक्ति तथा शक्ति केन्द्रकै संलग्नता भएका कारण छानविन प्रभावित भएको पनि उनीहरुले गुनासो गरेका छन् ।

मुख्यतः सहकारी ठगी प्रकरणका मुख्य नाइके जिबी राई अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । नेपाल प्रहरीले इन्टरपोलमा रेड नोटिस नै जारी गरेर खोजी गर्दा पनि जिबी पक्राउ पर्न नसक्नु रहस्यको विषय बनेको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट