विमानस्थल साँघुरीदै अन्तर्राष्ट्रिय कम्पनीका उडान थपिँदैछन्
अनलाइनखबर पाटी १९ भाद्र २०७५, मंगलवारशोभित उप्रेती
भाद्र- १९ , काठमाण्डौ । नेपाल लक्ष्यित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीहरुको संख्या अझ बढ्न थालेको छ।
ओमनको सलाम एयरले काठमाडौँमा उडान थालेसँगै नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुको संख्या ३२ पुग्दैछ।
ओमनको सलाम एयरले २६ भदौदेखि नेपालमा उडान थालेसँगै नेपालमा उडान गर्ने १५ देशका ३२ वायुसेवा कम्पनी हुनेछन्।
ओमनको राष्ट्रिय ध्जजाबाहक सलाम एयरले अर्काे हप्ता (२६ भदौ) देखि नेपालमा नियमित उडान गर्न लागेको हो।
हप्तामा ७ उडानको अनुमति पाएपनि २६ भदौबाट यो एयरले हप्तामा ४ वटा उडान गर्ने भएको हो।
नेपाली समय अनुसार हप्तामा ४ दिन सो एयरको जहाज विहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुवास झाका अनुसार ४० मिनेट विमानमस्थलमा रहेर सो विमान ८ः४० मा ओमन फर्कनेछ।
यो एयरलाइन्सले हाल युएइको दुबाइ, साउदी अरेवियाको जेद्दा, पाकिस्तानको शैलकोट र कराँची लगायत ७ गन्तव्यमा उडान गर्दै आएको छ।
सस्तो एयरलाइन्सको रुपमा चिनिएको यो एयरलाइन्सले १ सय ७४ सिट क्षमताको विमानबाट हप्तामा १ सय १६ उडान गर्दै आएको छ।
काठमाडौँ-मस्कोको उडान हालसम्म दुई विमान कम्पनीहरुले गर्दै आएका छन्। तिनमा जेट एयरबेज (भारत) र ओमन एयर छन्।
सलाम एयरले उडान सुरु गरेसँगै काठमाडौँ-मस्को उडान गरी तीनवटा वायुसेवा कम्पनी हुने छन्।
उडान अनुमति पाएको पछिल्लो कम्पनी सलाम एयर भन्दा अघि ‘थाई लायन एयर’ ले नेपालमा उडान अनुमति पाएको थियो।
हप्तामा सातै दिन उडान अनुमति पाएको ‘थाई लायन एयर’ ले १६ साउनेदेखि देखि हप्तामा तीन उडान गर्दै आएको छ।
अन्तर्राष्ट्रिय कम्पनीहरुको उडान बढेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले १६ भाद्रदेखि २२ घण्टा विमानस्थल सञ्चालन गर्न थालेको छ।
सो विमानस्थल ७ जेठदेखि २१ घण्टा सञ्चालनमा आएको थियो। यो विमानस्थलबाट दैनिक करिब ५ सयको हाराहारीमा उडान र अवतरण हुने गर्दछन्।
तिनम हेलिकोप्टरसहित आन्तरिकतर्फ करिव ३ सय ५० र अन्तर्राष्ट्रिय तर्फ १ सय भन्दा बढी विमान उडान र अवतरण हुने गरेका छन्।
Leave a Reply