दोलखाका गाउँपालिकाले किन गत वर्षको खर्च विवरण अझै बुजाउन सक्दैनन् ? के आर्थिक हिना मिना भएर त हैन?

 अनलाइनखबर पाटी     २६ भाद्र २०७५, मंगलवार

दोलखाका दुई वटा स्थानीय तहले मात्रै चालु वर्षको पहिलो किस्ताको रकम निकासा लगेका छन् ।

जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका सहित ९ वटा स्थानीय तह रहेकोमा २ नगरपालिकाले मात्रै चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो किस्ताको रकम निकासा लगेका हुन् । जिल्लाका दुई नगरपालिका मध्य भीमेश्वर नगरपालिकाले यही भदौ ५ गते र जिरी नगरपालिकाले भदौ ६ गते पहिलो किस्ता वापतको रकम निकासा लगेको छ । भिमेश्वर नगरपालिकाले पहिलो किस्ता वापत १० करोड १७ लाख ७५ हजार रकम पाएको छ भने जिरी नगरपालिकाले ५ करोड ८८ लाख ५० हजार रकम निकासा लगेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखाले दुई नगरपालिकाले पहिलो किस्ता वापत पाउने सो रकम निकासा दिएको हो । त्यसमध्ये भिनपाले सर्शत अनुदानतर्फ ५ करोड ९० लाख र वित्तिय समानीकरण तर्फ ४ करोड २७ लाख ७५ हजार रकम पाएको छ भने जिरी नगरपालिकाले वित्तिय समानीकरण तर्फ २ करोड ४८ लाख ५० हजार र शसर्त अनुदानतर्फ ३ करोड ४० लाख पाएको छ ।

र्थिक विवरण नबुझउँदा रोकियो पहिलो किस्ता

दुई नगरपालिकाले गत आर्थिक वर्षको आर्थिक विवरण बुझाई पहिलो किस्ताको रकम निकासा लगिसकेपनि जिल्लाका ७ वटा गाउँपालिकाले भने गत वर्षको आर्थिक विवरण नै बुझाएका छैनन् । कोष तथा लेखा नियन्त्रण कार्यालयले स्थानीय तहहरुलाई साउनको २५ गतेनै पहिलो किस्ता निकासा दिनुपर्ने व्यवस्था भएपनि स्थानीय तहहरुले गत आर्थिक वर्षको आर्थिक विवरण बुझाउन ढिला गरेकाले पहिलो किस्ता निकासामा पनि ढिलाई भएको हो । आर्थिक विवरण बुझाएका दुई नगरपालिकालाई निकासा दिईए पनि गाउँपालिकाहरुले भने गत वर्षको आर्थिक विवरण बुझाउन बाँकी रहेकाले पहिलो किस्ता वापतको रकम लैजान नसकेको प्रमुख कोष नियन्त्रक भिष्मप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

चालु वर्षको बजेट ४ किस्तामा

केन्द्र सरकारले विनियोजन गरेको एक आर्थिक वर्षभरिको बजेट स्थानीय तहहरुले चार किस्तामा प्राप्त गर्ने व्यवस्था छ । जस अनुसार पहिलो किस्ता साउन २५ गते, दोस्रो किस्ता कात्र्तिक १ गते, तेस्रो किस्ता माघ १ गते र चौथो किस्ता बैशाख १ गते निकासा हुने कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखाका लेखापाल सन्तोष सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहले पहिलो किस्ता वापतको रकमको विवरण पेश गरिसकेपछि दोस्रो, दोस्रो किस्ताको विवरण बुझाएपछि तेस्रो तथा तेस्रो किस्ताको विवरण बुझाएपछि चौथो किस्ता निकासा हुनेछ ।

पहिलो किस्तामा कुन स्थानीय तहले कति पाउछन ?

पहिलो किस्ता निकासा लगिसकेको भिमेश्वर नगरपालिकाले चालु आर्थिक वर्ष चार किस्तामा गरि ४१ करोड १ लाख ४२ हजार रकम पाउनेछ भने जिरी नगरपालिकालाई २३ करोड ८३ लाख ४५ हजार रकम विनियोजिन गरिएको छ । यस्तै, गाउँपालिकातर्फ चालु आर्थिक वर्षका लागि सबै भन्दा बढि २९ करोड ८३ लाख ३० हजार बजेट पाएको कालिञ्चोक गाउँपालिकाले पहिलो किस्ता वापत ७ करोड ३९ लाख ५० हजार पाउनेछ । त्यसमध्य ४ करोड १० लाख सर्शत अनुदान हो भने ३ करोड २९ लाख ५० हजार वित्तिय समानीकरण वापतको रकम हो ।

गौरीशंकर गाउँपालिकाले चालु आर्थिक वर्षका लागि कुल २२ करोड ४० लाख ३८ हजार बजेट पाएकोमा पहिलो किस्ता वापत ५ करोड ५३ लाख ५० हजार पाउनेछ । त्यसमध्य २ करोड ६३ लाख ५० हजार वित्तिय समानीकरण र २ करोड ९० लाख सशर्त अनुदान हो ।

तामाकोशी गाउँपालिकाले पहिलो किस्तामा २ करोड ८८ लाख ५० हजार वित्तिय समानीकरण र ३ करोड ८० लाख सशर्त अनुदान गरि कुल ६ करोड ६८ लाख ५० हजार पाउनेछ । तामाकोशी गाउँपालिकालाई चालु वर्ष केन्द्र सरकारले २६ करोड ९० लाख ४० हजार बजेट विनियोजन गरेको छ । यसैगरी कुल २४ करोड ७८ लाख ३७ हजार बजेट पाएको  ।

वैतेश्वर गाउँपालिकाले पहिलो किस्तामा ६ करोड १५ लाख बजेट पाउनेछ । त्यसमा ३ करोड २० लाख सशर्त अनुदान र २ करोड ९५ लाख वित्तिय समानिकरण अनुदान हुनेछ ।

मेलुङ गाउँपालिकाले चालु आर्थिक वर्ष २७ करोड ४२ लाख ३७ हजार कुल बजेट पाउनेमा पहिलो किस्तामा २ करोड ९९ लाख वित्तिय समानीकरण र ३ करोड ८० लाख सशर्त अनुदान गरि कुल ६ करोड ७९ लाख बजेट पाउनेछ ।

चालु अािर्थक वर्ष कुल २३ करोड ७२ लाख ४२ हजार बजेट पाएको विगु गाउँपालिकाको लागि पहिलो किस्तामा ५ करोड ९२ लाख बजेट निकासा हुनेछ । त्यसमध्य २ करोड ८२ लाख वित्तिय समानीकरण र ३ करोड १० लाख सशर्त अनुदान हो ।

 शैलुङ गाउँपालिकाले पहिलो किस्तामा २ करोड ८२ लाख ७५ हजार वित्तिय समानीकरण र २ करोड ९० लाख सशर्त अनुदान गरि कुल ५ करोड ७२ लाख ७५ हजार पाउनेछ । शैलुङ गाउँपालिकालाई चालु आर्थिक वर्षका लागि भने कुल २२ करोड ९३ लाख ३८ हजार बजेट विनियोजन गरिएको छ । तर हालसम्म कुनै पनि गाउँपालिकाले पहिलो किस्ता वापतको रकम निकासा भने लगेका छैनन् । गाउँपालिकाहरु गत आर्थिक वर्षको हिसाब बुझाउने प्रक्रियामा रहेकाले चाँडै निकासा लैजाने प्रमुख कोष नियन्त्रण न्यौपानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *