मधेसी भएकाले राष्ट्रिय सभामै पीडित छु – सांसद प्रमिलाकुमारी
अनलाइनखबर पाटी २६ भाद्र २०७५, मंगलवारभदौ-२६, काठमाडौं । संघीय समाजवादी फोरमकी सांसद प्रमिलाकुमारीले आफू राष्ट्रियसभाभित्रै हेपिएको गुनासो गरेकी छन् ।
मंगलबार राष्ट्रियसभामा धारणा राख्दै उनले मधेसी महिला भएको कारण आफूले राष्ट्रियसभामा कुनै सुविधा नपाएको बताइन् ।
‘जुन कुरा नियमले मिल्दैन, त्यही कुरा क्याविनेटबाट डिसिजन गराएर राष्ट्रिय सभाका माननीय र नेताले सुविधा पाएका छन्, म मधेसी चेली भएकाले मलाई हेपिएको छ’ उनले भनिन् ‘म संघीय समाजवादी फोरम नेपालको राष्ट्रियसभाको नेता हुँ तर कुनै सुविधा पाएको छैन । के म मधेसी महिला भएको कारणले हो ?’
हरेक कुरामा मधेसीलाई हेप्ने गरिएको भन्दै सांसद प्रमिलाकुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्ने प्रतिवद्धता गरेर पनि संशोधन नगरेर मधेसीलाई अपमान गरेकेा बताइन् ।
Leave a Reply