मेलुङ्ग गाउँपालिको सडक जताततै अवरुद्ध : पहिरो सकस

 अनलाइनखबर पाटी     २७ भाद्र २०७५, बुधबार

केही दिनयताको वर्षाका कारण पहिरो खस्दा विभिन्न जिल्लामा सडक अवरुद्ध बनेको छ । कतै माथिबाट खसेको पहिरो र कतै सडकै भासिँदा यातायात सञ्चालन हुन सकेको छैन । यसले गर्दा यात्रु गन्तव्य पुग्न पाएका छैनन् ।

खासगरी तीजका अवसरमा माइत र आफन्तकहाँ जाने महिलाहरूको बिचल्ली भएको छ  । तिजको अवसरमा हामिले महिला तथा स्थानियलाई सोध्दा यस्तो आयो जवाफ । 

मेलुङ्ग गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठलाई गाउँपालिको उन्नतिको लागि जिम्मा लगाइसकेको हुँदा अवरुद्ध सडक उसैले खुलाउनुपर्ने सर्बसाधरण उनिहरु बताउँछन् । ‘जसले गाउपालिकाको जिम्मा पाएको हो, उसैले निर्माण सम्पन्न गर्नु पर्ने, अवरोध पन्छाउने काम गर्नुपर्छ,’ जनाताले भने, ‘हामी उहाँहरूसँग पन्छाइदिन अनुरोध गर्छौं  र आवश्यक परे सहयोग गर्ने समेत वताए ।

’ गत अर्थिक वर्षमा मिसिनले बाटो पन्छाउने काम गरे पनि त्यो टालटुले मात्र काम भएको थियो । ‘हिँड्न पूरै अवरोध भयो, ‘गाउँमै सरकार भएर पनि सडक सुचारु नगर्ने भनेर जनताले दिनहुँ दबाब दिइरहेका छन्,’

विरामी ओसार पसारमा समेत गारो भइरहेको र कुनै विरामीलाइ त एम्बुलेन्सको सट्टा ट्याक्टरमा नै सवार गराउनु पर्ने वाध्यता रहेको र ट्याब्टरमा यात्रा गराउँदा झन विरममीलाइ असर पर्ने गरेको स्थानिय भरत कोइरालाको गुनासो छ । 

यता , मेलुङ्ग वडा १ पवटीको अधिकांश सडक पुरेको र भत्काएको छ । वडाध्यक्ष इश्वर कोइरालाले सडक सुचारु गर्न र यातायात सञ्चालनका लागि सहयोग गर्दे आउनु भएको छ, तर गाउपालिकाको कार्यालय जानका लागि भने हिउदमा पनि घण्टौ हिड्नु पर्ने वाध्यता रहेको स्थानिय सरकारसंग गुनासो रहेको स्थानियहरुले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट