माइतीघर मण्डलामा संविधानको विरोधमा धर्ना बस्ने पक्राउ (फोटो फिचर)

 अनलाइनखबर पाटी     ४ आश्विन २०७५, बिहीबार

काठमाडौंको माइतीघर मण्डलामा संविधानको विरोध गर्दै धर्ना बसेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।संविधान दिवसकै दिन मण्डलामा संविधानको विरोध गरेर उनीहरु धर्ना बसेका थिए।

असोज ३ गते संविधानसभाबाट नयाँ संविधान बनेको तीन वर्ष पुरा भएर चौथो वर्ष लागेको अवशरमा देशव्यापी संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाइंदैछ। संविधानप्रति कतिपय असन्तुन्टिहरुसमेत सुनिने गरेको छ।

संविधान दिवसलाई कालो दिनका रुपमा मनाउन विरोध प्रदर्शनको तयारी गरेका करिब १५ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरु तराई मधेश परिसर नामक संगठनका कार्यकर्ता भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट