कर्माछिरिङ शेर्पाले अनियमितता गर्दै एन्फा चुनाव जितेः पराजित उम्मेदवार कुँवरको आरोप

 अनलाइनखबर पाटी     ८ आश्विन २०७५, सोमबार

अखिल नेपाल फुटबल संघ(एन्फा)को गत बैशाखमा भएको निर्वाचनमा विजयी उम्मेदवार कर्माछिरिङ शेर्पाले व्यापक अनियमितता गर्दै चुनाव जितेको अारोप पराजित उम्मेदवार मणि कुँवरले बताएका छन्।

 चुनाव भएको झण्डै ५ महिनापछि एन्फाका पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका कुँवरले चुनावका क्रममा विजयी शेर्पाले आपराधिक क्रियाकलापका साथै आर्थिक चलखेल भएको अारोप लगाएका हुन्।

दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष समेत रहेका कुँवरले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शेर्पा पक्षधरले गरेका विभिन्न ६ अनियमितताहरुका वुदाँहरु सार्वजनिक गरेका छन्।

अाफूसँग सम्पूर्ण बुदाँहरुको ठोस प्रमाण रहेको बताउँदै उनले फिफा र एएफसीमा उजुरी गरिसकेको बताए। फिफा र एएफसीमा उजुरी गरेका कारण अाफूले तत्काल प्रमाण सार्वजनिक गर्न नसक्ने भएपनि प्रमाणको सम्पूर्ण जिम्मेवारी अाफूले लिने उनले बताए।

यसैगरी रुस विश्वकपको टिकटमा समेत एन्फाले चलखेल गरेको कुँवरको आरोप छ। उनले यससम्बन्धी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले उत्तर दिनुपर्ने माग पनि गरेका छन्।

कुँवरले शेर्पामाथि लगाएका अारोपहरु यी हुन्:

  1. निर्वाचन कमिटीलाई ज्यान मार्ने धम्की तथा अार्थिक प्रलोभनमा पारेको।
  2. मतदातालाई प्रत्यक्ष रुपमा पैसा बाड्ने काम भएको।
  3. मतदातालाई प्रत्यक्ष प्रभावित पार्ने उदेश्यमा देशका विभिन्न स्थान तथा भारतमा समेत लगेर ठूलो धनराशी खर्च गरेको।
  4. मतदातालाई चुनाव लगत्तै यूरोप भ्रमण गराएको।
  5. न्यायालयलाई समेत आर्थिक लेनदेनबाट प्रभाव पार्ने काम गरेको।
  6. निर्वाचन दौरान मतदाता तथा अन्य सहयोगीहरुलार्इ सयौंको संख्यामा हवाई टिकट उपलब्ध गराएको।

फिफा तथा एएफसीमा यस विषय भएपछि अाफूहरुले प्रमाण सार्वजनिक गर्ने उनले बताए।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट