भाद्र – १५, काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंका भ्रमणका लागि नेपाली क्रिकेट टिमको घोषणा गरेको छ। क्यानले आईसिसी विश्वकप लिग–२ को सिरिजको तयारीका श्रीलंका जान १९ सदस्यी टिम घोषणा गरेको हो। क्यानले लिग–२को सिरिजका लागि बन्द प्रशिक्षणमा रहेका ३ खेलाडीलाई बाहिर राख्दै १९ सदस्यीय टिम घोषणा गर्ने छ। बन्द प्रशिक्षणबाट फास्ट बलर कमलसिंह
भाद्र-१०, कञ्चनपुर — सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ। प्रमुख चाड गौरा पर्व सोमबार धुमधामका साथ मनाइँदैछ । महिलाहरू ब्रत बसी गौरादेवी र महेश्वर (शिव) को प्रतिमालाई टाउकोमा राखेर हल्लोरी वाला भन्दै खेलाउँदै गौराघरदेखि मन्दिरसम्म पुग्छन् । उक्त गौरा र महेश्वरलाई पञ्चमीका दिन भिजाइएको बिरुडाले पूजा गरिन्छ । अष्टमीको अघिल्लो दिन
भाद्र -१०, रामेछाप –रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं ३ लेखर्कमा आइतबार बिहान गएको पहिरोमा परि बेपत्ता भएका ४ जना अझै फेला परेका छैनन् । पहिरोमा परेर एकै परिवारका ४ जना सहित ६ जनाको मृत्यु भएको थियो । आइतबार दिनभर प्रमुख जिल्ला अधिकारी अनिता निरौला सहितको टोलीले खोजी कार्य जारी राख्दा समेत ४ जनालाई
काठमाडौँ । राजधानी काठमाडौँको शंखमुलमा एक जना पुरुषको हत्या भएको छ। मृत्यु हुनेमा रूपक बान्तवा छन्। आइतबार राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको प्रहरीको भनाई छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए।
भाद्र -९, काठमाडौं | पहिरोका कारण अरनिको र हेलम्बु राजमार्ग अवरूद्ध भएको छ। अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् , बाटो खुलाउने प्रयास जारी