कालिकोट | कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ स्थित दुदुली खोलाले बगाउँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। आमाको वार्षिक तिथिमा अछामको पञ्चदेवल विनायक नगरपालिका–९ तानकोटबाट माइत आएकी ३३ वर्षीया देवा बोहोरासहित उनका तीन छोराछोरीलाई शनिबार बेलुका खोलाले बगाउँदा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलियाका अनुसार शनिबार बेलुका माइती घरबाट दिदी रामपुरा
काठमाडौं | कृषिमन्त्री घनश्याम भुसालले जग्गाको चक्लाबन्दी गरेर कृषि खेती सुरु गर्न आह्वान गर्दै गाउँपालिका तथा नगरपालिका प्रमुखलाई पत्र लेखेका छन्। यसरी बढी उत्पादन गर्न सकिने र वस्तुको बजार मूल्य पनि निश्चित गर्न सकिने हुँदा चक्लाबन्दीको योजनामा सहकार्य गर्न उनले स्थानीय सरकारलाई पत्र पठाएका हुन्। ७ सय ५३ वटै गाउँपालिका तथा नगरपालिका प्रमुखलाई पत्र लेखिएको
संजय कोइराला – चैत्र २९, काठमाडौं | कोरोना भाइरस (कोभिड-१९) संक्रमण पहिचान गर्न सरकारले नमुना (नाक/मुखको र्याल) संकलन तथा परीक्षणलाई तीव्र बनाएको छ। सबैभन्दा बढी ४ जना संक्रमित भेटिएको सुदूरपश्चिम प्रदेशका जिल्लामा सरकारले कोरोना परीक्षण अभियानलाई केन्द्रित गरेको छ। यसै क्रममा दार्चुला, बझाङलगायत तीन जिल्लामा नमुना संकलनका लागि आज (शनिबार) बिहानै धनगढीबाट हेलिकोप्टर गइसकेको इपिडिमियोलजी
सिरहाको मिर्चैया नगरपालिकामा राहत वितरणको विषयलाई लिएर दुई पक्षबीच दोहोरो झडप भएको छ । मिर्चैया नगरपालिका २ मल्हनियाँस्थित सोमबार बेलुकी नगरपालिकाका मेयर श्रवण कुमार यादव र एक अर्को पक्षबीच झडप भएको हो । झडपमा एक वडाध्यसहित आठ जना घाइते भएका छन् । घाइते मध्ये गम्भीर रहेका अर्का पक्षका अमोद यादवसहित २ जनालाई बिराटनगर रिफर गरिएको
राजन उप्रेती – चैत्र २०, कञ्चनपुर | कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ गोवरियाका कृष्णदत्त भट्ट विगत चार दिनदेखि यहाँको सीमावर्ती भारतीय बजारवनबासामा रहेको शारदा माध्यमिक विद्यालयमा आश्रय लिइरहेका छन्। भारतको गाजिँयावादमा सवारी चालकका रुपमा मजदुरी गर्दै आएका उनी गड्डाचौकीको सीमा स्तम्भसम्ममा रोकिनुपर्यो। सुरक्षाकर्मीको रोकावटपछि वनबासातर्फ फर्किदै स्कुलमा बास बस्नु परिरहेको बताउँछन्। ‘माथिबाट आदेश आएपछि तपाईलाई घर आउन दिन्छौँ