भदौ ८ ,काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई दुर्व्यवहार नगर्न अपिल गरेको छ । आयोगका सचिव वेद भट्टराईले सोमबार विज्ञप्ति जारी गरी जनस्वस्थ्य सङ्कटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् भएको बताएका छन् । यसप्रकारका दुर्व्यवहार तथा
रौतहट | रौतहटमा गोली हानी हत्या गरिएका पुजारीको शव उठाउने तयारी भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भरत श्रेष्ठका अनुासर बुधबार राति अन्दाजी ९ बजेतिर रौतहटको माधवनारायण नगरपालिका-२, खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई गोली हानिएको हो। ‘अहिले हामी कुकुरसहितको टोली लिएर घटनास्थलमा छौं,’ डीएसपी श्रेष्ठले बिहीबार बिहान साढे १० बजेतिर
साउन १५, काठमाडाैं | देशका विभिन्न स्थानका नाका भएर काठमाडौं आउने यात्रु कोरोना संक्रमण भेटिने क्रम बढ्न थालेपछि सरकारले अत्यावश्यक सेवा र ढुवानीबाहेक सबै बन्द गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले आज सूचना जारी गरेको सूचनामा यसबारे उल्लेख छ। साथै आजैदेखि लागु हुनेगरी बिहान ७ देखि बेलुका ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा पूर्ण प्रतिबन्ध
साउन ४ दोलखा | दोलखा जिल्लाको मेलुङ गाउँपालिकाले कृषि क्षेत्रलाई जोड दिँदै नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याएको छ । मेलुङ गाउँपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्दै बढी कृषि उत्पादन गर्ने व्यवसायिक कृषकलाई पुरस्कार दिने घोषणा गरेको छ । कृषि प्रदान देश भनेर चिनिने नेपालमानै कृषि क्षेत्रमा बढ्दै गएको परनिर्भरता हटाउन र व्यवसायिक कृषि
असार २१, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा रहेपछि प्रधानमन्त्री तथा नेकपाका एकजना अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँगको आन्तरिक छलफललाई तिव्रता दिएका छन् । प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गतसाता भएको गोप्य छलफल भएको थियो भने आइतबार बिहान पनि नेकपा संसदीय दलका उपनेता