सडकबाट खसेर गम्भीर घाइते भएका दोलखाका युवाको मृत्यु
न्युज डेक्स९ असार २०८३, मङ्गलवार
169
Shares
न्युज डेक्स
९ असार २०८३, मङ्गलवार
दोलखा– भीमेश्वर नगरपालिका–१ सुस्पा क्षमावतीमा एक पुरूष सडकबाट लडेर मृत्युु भएकाे छ ।साे वडाका ३२ वर्षीय शिवजी शिवाकोटीको सडकबाट खसेर मृत्युु भएको हाे ।
सोमबार साँझ घरतर्फ फर्किरहेका बेला सडकबाट करिब २५ मिटर तल खसेर घाइते भएका शिवाकोटीलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल दोलखा शाखामा पुर्याइएको थियो। टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा राति पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीयवासीका अनुसार घटनापछि उनको उद्धार गरी अस्पताल लगिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।